"नेपाली गीत-संगीत हाम्रो धरोहर" - एक चिन्तन

नेपाली गीत-संगीत हाम्रो धरोहर हो। यसको जगेर्ना गर्नु हामी सबै नेपालीको परम कर्तब्य हुन आउछ। हाम्रा संगीत फाट्का अग्रजहरुले यसको उत्थानको लागि जुन त्याग र तपस्या गरे त्यसलाई एसै खेर जान दिनुहुन्न। नेपाली संगीत; नेपाली शैली र भाका जुन हाम्रो भन्छौ हामी, त्येसको जगेर्ना गर्नु यो ब्लग को उद्देश्य हो। आजका गीतकार, संगीतकार र गएक सबैले कुनै पनि गीत-संगीत सिर्जना गर्दा हाम्रो आफ्नो पनलाई बिर्सनु हुन्न। नेपाली संगीतको आकाशमा आजकल बिदेशी संगीतको जुन बादल फैलिएको छ त्यसलाई नराम्रो नजरले हेर्नु हुन्न। यस्तो कुरोमा सर्जकहरुले अतिनै ध्यान दिनुपर्छ। यस्तो कृयाकलाप ले भविष्य मा कुनै समस्या न आवोस। तर त्यस्मा नेपाली भाका, शैली र नेपाली पनको सम्मिस्रन भयो भने राम्रो हुन्थ्यो की ?! अरु बिधामा जतै संगीत मा पनि नौलो पना ल्याउनु राम्रो कुरो हो, तर नेपालीपन भने अबस्य हुनुपर्छ। बिदेशी को नक्कल गर्नु नराम्रो कुरो होईन, तर हुबहु उस्तै गर्नु चाँही उनिहरुको(बिदेशी कै) संगीतको उत्थान गरेको जस्तो भएन र?! आउनुहोस ! नेपाली गीत-संगीतको नै सिर्जना गरौ, यसलाई माया गरौ, अनी यसको जगेर्ना गरौ। "बुझ्नेलाई श्रीखन्ड, नबुझ्नेलाई खुर्पाको बिड !"

आकाशलाई नजिकबाट हेर्दा

प्रत्येक मानिसको आ-आफ्नै कथा बेथाहरु हुन्छन् सुखदुःख; तीता-मीठा अनुभूतिहरुका । भन्नेनै होभने आखिर जीउनु मात्र पनित यो शताब्धिको माग होइन । जीउने क्रममा सकेसम्म केहि न केहि गरेर एउटा अमेट छाप छोडौ नभएपनि समाजको लागी अथवा देशको लागी केहि गरौ भन्ने भावनात प्रायः सबैमा हुन्छनै । यस्ता गहन कुराहरुलाई मानस्पटलमा बिच्छुएर आफ्ना जिन्दगीका गोरेटोहरुमा एउटा निश्चित बाटो खोज्ने क्रममा गाँउकै धुले स्कूलमा कख छिचोलेर शहर पस्छन् उनी । जब उनी काठमाण्डौंको टंगोल प्राथमिक विद्यालयमा तीन कक्षामा पढ् थाले उनलाइ एक्कासि त्यहांको वातावरणले अछुतो बनाएर राख्ननै सकेन । यद्यपि टोलका दौतेरी साथिभाइहरुसँग फिल्म हेर्ने नराम्रो लत बस्न गयो उनीमा । यस्तो बेबहारमा फसेको थाहांपाउने जो कसैको अभिभाबकहरुको मनमा खिन्नताको कालो बादलले मनभित्र मडारिनु स्वभाबिकै हो । यसैक्रममा फिल्म हेर्ने खराव विद्यार्थीको सूचिमा उनको नाम पहिलो पंत्तिमा पर्न आउथ्यो । स्कुल प्रशासनले अभिभावकलाई उनका आचरण वारेमा पटक-पटक पत्रहरु प्ाठांउथे । यति हुदाहुदै पनि शिक्षकहरुले मन पराउने थोरै विद्यार्थीहरुको कोटामा उनको नाम अगाडी आउथ्यो । पहिलो कारण थियो; उनी आफ्नो कक्षामा पाँचौे नंबरभन्दा तल कहिल्यै झर्दैनथे दोश्रो थियो; विद्यालयका नाटक चित्रकला तथा नाँचगानजस्ता अतिरिक्त कि्रयाकलापहरुमा उनको अर्थपूर्ण सहभागिता हुने गथ्र्यो । हिरो बन्ने सपना बोकेर रंगमाच पसेका यिनै ओखलढंुगे ठिटो अर्थात ुआकाश सुनुवारु पेशाले बिटि्रश लाहुरे भएपनि उनलाई एक कुशल गाएक भनेर पनि चिनिन्छ । आमा प्रेमकुमारी र पिता कर्णका एक मात्र सन्तान आकाशको जन्म २ जनवरी १९७७ मा ओखलढुङ्गाको रगनीमा भएको हो । सानै उमेरदेखि कलाकारितामा रुची राख्नॆ आकाश आम मानिसले सिक्ने स्कूले शिक्षादेखि जीबनपयोगी नैतिक शिक्षासमेत मातृवात्सल्य सँरक्षणमा भएकाले उनी आफ्नो आमाप्रति असीम श्रद्धा राख्छन् । सानैमा गाँउशहर चाहार्दा-चाहादै हैरान परेका आकाशले आखिर प्रवेसिका दिन गाउँनै फर्के । त्यसपछि उच्च शिक्षाको लागि पत्रकारितामा मेजर अंगे्रजी लिएर रत्नराज्य कलेज काठमाण्डौमा भर्ना भए । वानेश्वरको एउटा कुनै नाटकघरमा भर्ना भएपछि आकाशको जीवनले अर्कै मोड लिन थाल्यो । त्यही समयमा उनलाई दुई दर्जनजति नाटकहरुमा अभिनय गर्ने अवसर मिल्यो । उनले ूअनन्त यात्राू र ूनारी चित्कारू नाटकको निर्देशनसमेत गरेका छन् । रोयल एकाडेमी आर्ट एण्ड कल्चरसँगको संयूक्त प्रयासमा प्रस्तुत उनीद्धारा निर्देशित अर्को सुनुवारी भाषाको ूमेल्कमू ले राम्रो चर्चा पाएको उनी सम्झन्छन् । सोही नाटकको एक पुरस्कार कार्यक्रममा एकाडेमीका तत्कालिन निर्देशिक तथा बरिष्ट नाटक निर्देशक कलाकार हरिहर शर्माले हौसला दिदै भनेका थिए ्रभाइ तिमी भित्र कलाकारिताको प्रबल सम्भावनाहरु छन तर तिमी आफूलाई कतिको समपर्ण गर्नसक्छौ त्यसैमा तिम्रो भविष्य भर पर्नेु टिप्पर्णी अझै सम्झिन्छन । आखिर भइदियो त्यस्त्ौ । अर्थात लाहुरे भएपछि कलाकारितामा समय दिन नै सकेनन् । बीरेन्द्र हमाल रमेश उप्रेती र अरु थुप्रै चर्चित कलाकारहरु उनका समकालिन हुन । वानेश्वरको पुरानो हलमा धुलो मैलो र पानीसमेत राम्रो नखाई संघर्ष गरेको क्षणहरु आफ्नो मानस्ापटलमा अझै आलै रहेको बताउने आकाश साथीहरुले नेपालमा आज दाम र काम दुबै कमाएकोमा खुशी ब्यक्त गर्छ्रन् । रगंमाचमा भरखरै हात हालेका मात्र के थिए । रमेश बुढाथोकीको पारखी अुखाले आकाशको कलाकारीताको चमक चम्केको देखि हाले । तत्कालै उनलाई ूमनू नामको टेली श्रृखलामा खेलाए । तर त्यही नाटकमा खेल्दाखेल्दै आकास रहरै रहरमा भर्ती हुन पुग्छन् । भर्तीहुनु पूर्व ूऋतुरागी सुम्स्याू आफ्नै मातृभाषाको गीत ूसेरेम फुंंू अर्थात सुनाखरी फूल भन्ने एलबमवाट सांगितिक क्षेत्रमा प्रवेश गरेका आकाश ूकोशेलीू गीति एलबममा आफ्नै कान्छी छोरीको नाममा निकालेका छन् । यही एलबमको ूसाइली दयारी बनैमाू लोक भाकाको गीत इन्दिरा गुरुङसंग गाएपछि एउटा सफल गायक बन्छु भन्ने साहस पलायो उनमा । परिणामस्वरुप ूरातदिनू नामक एलबम यूकेमा रिलिज भयो भने ूमदिराू नामक अर्को एलबम चाँडैनै श्र्रोता माझ पस्कने तरखरमा छन् । हरेक भेला मेला दशै र सामाजिक कार्यक्रममा धक नमानी अगाडी आएर सबैलाई मन्त्र मुग्ध पार्ने गायक सुनुवार लण्डन मेनचेस्टर अल्डरसट प्रुानब्रो र सोर्नक्लिफमा प्रत्यक्ष कार्यक्रम गर्दाको अविस्मरणीय क्षणहरु बटुलेका छन् न्ााम मात्र नभएर मन पनि आकाशजस्तै फराकिलो आकाशको अर्को पाटो हो समाज सेवा । बचेरा वासका निमित्त हिमालयन ४०० च्यालेन्ज मा काठमाण्डैंदेखि लुम्बिनीसम्म साइकल यात्रा गरेकाछन् । ूरातदिनू नामक गीति एलवमबाट संकलन ६६६ यूके पाउण्ड गोरखा वेलफेयर ट्रष्टलाई सुम्पे भने सोही एलबमको ५०० थान सिडी ूसुनुवार सेवा समाज यूकेलाईू सहयोग स्वरुप दिएका छन् । अब छिट्टै बजारमा आउने ूमदिराू एलबमबाट आउने रकम नेपाल चिल्डे्रन वेलफेएर फाउन्डेसनलाई दिएर मूख्यत सडक बालबालिकाहरुलाई सहयोग गर्ने उनको विचार छ । आकाशले केही कविता र गीतहरु पनि ल्ोखेकाछन् । दुइ दिने उन्लेत पहिल्यै दुइ दिने जिन्दगी र रहरे बैशजस्ता म्युजिक भिडियोका गीतहरुबाट श्रोताहरुको राम्रो प्रतिकि्रया आएकोमा अरु थप उर्जा मिलेको बताउदै उनी श्र्रोताहरुको सजिलोको लागि वेभ साइट परिचय डट् कम र अजम्बरी डट् कममा पनि हेर्न सकिने सल्लाह दिन्छन् । बहुप्रतिभाका धनी आकाश प्रेरणाको श्रोत सर्ब प्रथमत आफ्नै आमालाई लिन्छन् भने यो साँङ्गीतिक धरातलबाट ओझेल परिसकेका नेपालका तीन हस्तीहरु रेडियो नेपाल रोधी कार्यक्रमका संचालक तथा लोक गायक स्वर्गीए पाण्डव सुनुवार स्वर सम्राट नारायण गोपाल र सदाबहार गायक श्री भत्तराज आचार्यलाइ यो साँङ्गीतिक याात्रामा आदर्शको रुपमा लिन्छन् । आकाशको शैशवकाल ओखलढंुगा काठमाण्डौं ओखलढंुगा हुंदै वित्यो । गाँउशहरको संस्कृतिको अमिट छाप छ उनमा । उनको शब्दकोषमा भाग्यवाद नै छैन । कर्ममा विश्वास राख्ने उनी नियतिले वा भनौ रहरले भइदिए लाहुरे । तर पनि यसमा उनलाई पछुतो छैन । पल्टनघरका नम्ब्ारी साथीभाइको र श्रोताहरुको मायाले सफलताको खुड्किलो उक्लिरहेका आकाश हाल श्रीमती तारा र छोरीहरु प्रयास र कोशेलीका साथ बि्रटीस सैनिकमा यूकेमा कार्यरत छन् । Posted by Kedar "sangket" Sunday, 17 January 2010 at 09:28
No posts.
No posts.